Logo

दिल्ली क्यापिटल्सको टोली युएई उड्यो

ई-खेलकुद २०७७ भदौ ७ , आईतबार ०३:०८ मा प्रकाशित

एजेन्सी । आसन्न ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि दिल्ली क्यापिटल्सको टोली पनि युएई उडेको छ । सेप्टेम्बर १९ बाट सुरु हुने प्रतियोगीता खेल्न दिल्लीको टोली अधिकांश खेलाडीसहित युएई प्रस्थान गरेको हो । चार्टर बिमानमार्फत दिल्लीले आफ्ना भारतीय खेलाडीलाई त्यहाँ लगेको हो । युएई पुगेपछि खेलाडीहरुको तीन चरणको परिक्षण हुनेछ । पहिलो, तेस्रो र छैठौ दिन गरी ३ पटक खेलाडीको स्वाब परिक्षण गरिने छ ।

दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएल खेलिरहेकाले उनको समय भने यकिन भैसकेको छैन् । यद्यपी उनी उतैबाट युएई आउनेछन् ।
यसअघि चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, किंग्स एलाभेन पञ्जाब र कोलकत्ता नाईट राईडर्सको टोली युएई पुगीसकेका छन् । ६० खेलको आईपीएल ५३ दिनसम्म चल्नेछ । भारतमा कोरोना माहामारी उच्च रहेपछि भारतीय क्रिकेट बोर्डले युएईमा यो सिजनको प्रतियोगीता गर्न लागेको हो । यो सिजनको आईपीएल दुबई, आबुदाबी र सारजाहामा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?