Logo

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र जिम्वावेबिचको खेल भोली

ई-खेलकुद २०७६ असोज ९ , बिहीबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल, जिम्वावे र सिंगापुर सहभागी त्रिकोणात्मक सिरिज सिंगापुरमा भोली सुरु हुदैछ । सिरिजको उद्घाटन खेलमा भोली नेपालले जिम्वावेसंग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे प्रतिस्पर्धा सुरु हुनेछ । नेपाल नियमित कप्तान पारस खड्का र जिम्वावे सेन विलियम्सको कमानीमा मैदान उत्रनेछ ।
डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा एक टोलीले ४ खेल खेल्नेछन् । दोस्रो खेलमा नेपालले आईतबार सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा मंगलबार जिम्बावे र अन्तिम खेलमा बुधबार घरेलु टोली सिंगापुरसंग खेल्दै सिरिज टुङग्याउने छ । प्रतियोगिताका सबै खेल विसी स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने सिंगापुर क्रिकेट संघले जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?