Logo

डाँगिहाटमा आजदेखी प्रदेश स्तरीय फुटवल

ई-खेलकुद २०७७ चैत्र ७ , शनिबार ०६:०३ मा प्रकाशित

विवेक मिश्र/मोरङ । मोरङको बेलबारी ९ डाँगिहाट स्थीत डाँगिहाट जागृती युवा क्लवको आयोजनामा आज शनिवार देखी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

वद्ध एयरको मुख्य प्रायोजनमा हुने  प्रतियोगितामा प्रदेश भरीका आठ टिम सहभागी रहने आयोजकले जनाएको छ । शुक्रवार खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बिषयमा जानकारी गराएको हो । गाइघाट फुटवल क्लव उदयपुर, डाँडाबजार फुटवल क्लव धनकुटा, पथरी स्पोटिङ क्लव मोरङ, डाँगिहाट जागृती युवा क्लव आयोजक, धरान सिटि फुटवल एकेडेमी सुनसरी, डाँगिहाट जागृती युवा क्लव (रातो), उर्लावारी फुटवल क्लव मोरङ र ब्रोदर्स युनाईटेड फुटवल क्लव झापा खेलमा सहभागी रहनेछन् ।

चैत्र १४ गते सम्म सञ्चालन हुने विजेता टिमले नगद १ लाख १ हजार सहित मेडल र प्रमाणपत्र पाउने र उपविजेताल टिमले नगद ५१ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक क्लवका अध्यक्ष प्रभुराम अधिकारी जानकारी दिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?