Logo

झापा एफसी ‘बी’ डिभिजन लिगमा बढुवा

ई-खेलकुद २०७९ जेठ १६ , सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा वीरगन्ज युथ क्लबलाई ५–० ले हराउँदै झापा एफसी अघिल्लो डिभिजनमा बढुवा भएको हो । झापाली टोली एक खेल अगावै बी डिभिजनमा छनोट भएको हो । लिगचरणको अन्तिम खेलमा झापाले स्वायम्भु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कप्लेक्समा झापालाई शानदार जित दिलाउन पुजन राईले ४ गोल गे । अर्को गोल सन्तोष लावतीको नाममा रह्यो ।
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको झापाले दोस्रो हाफमा ४ गोल गर्दै सहज जित निकालेको हो । १२ खेलबाट ३१ अंक जोडेको झापा शीर्ष स्थानमा उक्लिएको छ । यस हारसँगै विरगंज रेलिगेसनमा परेको छ । विरगंज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । यसअघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?