Logo

च्याम्पियन्स लिग अगष्ट पहिलो साताबाट

ई-खेलकुद २०७७ वैशाख २८ , आईतबार १०:०५ मा प्रकाशित

एजेन्सी । कोरोना सक्रमणका कारण रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आगामी अगष्ट पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ । प्रिक्बार्टरफाईनलको दोस्रो लेगका खेलहरु अगष्ट ७ बाट सुरु गर्ने तयारी भएको हो । लियोनका अध्यक्ष जीन माईकल ओलासले लियोन र युभेन्टसबिचको खेल अगष्ट ७ का लागि तय भएको बताए । फ्रान्सेली मिडियासंग कुराकानी गर्दै बन्द रंगशालामा हुने खेलको मिती तय भएको उल्लेख गरेका हुन् ।

२६ फेब्रअरीबाट रोकिएको लिग सञ्चालनका लागि क्लबहरु सहमतीमा पुगेको दाबी गर्दै अध्यक्ष ओलासले दोस्रो लेग अगष्ट दोस्रो सातामा सम्पन्न गरिसक्ने तयारी भईरहेको बताउनुभयो । पहिलो लेगमा युभेन्टसलाई १–० ले हराएको लियोन दोस्रो लेगमा पनि जित निकाल्दै अन्तिम आठमा प्रबेश गर्ने याजनामा रहेको उनको भनाई छ ।
च्याम्पियन्स लिगका ८ टोलीले क्वार्टरफाईनलका दुबै लिग खेलिसकेका छन् । रियल मड्रिड र म्यानचेष्टर सिटि, चेल्सी र बार्यन म्युनिख, लियोन र युभेन्टस तथा बार्सिलोना र नापोलीबिचको दोस्रो लेग रोकिएको थियो ।
आरबी लिप्जिङ, एट्लेटिको मड्रिड, पेरिस सेन्ट जर्मेन पिएसजी र एटलान्टा भने यसअघि नै क्वार्टरफाईनलमा प्रबेश गरिसकेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?