एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिललो खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा क्रिष्टल प्यालेसलाई ४–० ले हराउदै चेल्सीले तालिकामा ३ अंक थपेको हो । जारी सिजन चेल्सीको यो दोस्रो जित हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले सबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ५० औ मिनेटमा बेन चिलवेलको गोलमा अग्रता बनाएको चेल्सीका लागि ६६ औ मिनेटमा कर्ट जुंमाले अर्को गोल थपेका थिए । जर्जिन्होले ७८ र ८२ औ मिनेटमा पेनाल्टिमार्फ २ गोल गरेपछि चेल्सी शानदार जित निकाल्न सफल बन्यो । ४ खेलबाट चेल्सीको ७ अंक जोडेको चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
प्रिमियर लिग फुटबलमा आज थप ३ खेल हुदैछन् । आज एभर्टन र ब्राईटन एण्ड होभ एल्बियन, म्यानचेष्टर सिटी र लिड्स तथा बर्नली र न्यु क्यासल युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।