Logo

कोरोना नेगेटिभ आएपछि ह्यारिस लण्डन जादै

ई-खेलकुद २०७७ साउन १६ , शुक्रबार ०७:०७ मा प्रकाशित

एजेन्सी । लगातारको २ वटा परिक्षण रिर्पोट नेगेटिभ आएपछि पाकिस्तानी क्रिकेटर ह्यारिस रौफ ईङल्याण्डसंगको सिरिजका लागि लण्डन भ्रमणमा निस्किएका छन् । उनी आज बिहान ईङल्याण्डका लागि उडेको पाकिस्तन क्रिकेट बोर्ड पिसीबिले जनाएको छ ।
एक महिना अघि कोरोना सक्रमित बनेका ह्यारिसका पछिल्ला २ रिर्पोट नेगेटिभ आएको थियो । उनीसंगै सक्रमित देखिएका महम्मद अमिरको पनि लगातारको परिक्षण नेगेटिभ देखिएपछि उनलाई पनि टोलीमा बोलाईएको छ । मुख्य प्रशिक्षक मिस्बाह उल हकले कोरोना रिर्पोट नेगेटिभ आएका दुबै खेलाडीलाई टोलीमा बोलाएपनि अमिर तत्काल टोलीमा फर्कने संभावना न्युन छ । भर्खरै नयाँ सन्तान जन्मीएका कारण उनी लण्डन भ्रमण जाने संभवना न्युन बन्दै गएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?