Logo

कुशल भुर्तेल आईसीसीको वरियतामा

ई-खेलकुद २०७८ वैशाख ८ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका किर्तिमानी ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको वरियतामा प्रबेश गरेका छन् । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० सिरिजमाफर्त टि–२० अन्तराष्ट्रियमा डेब्यु गरेका भुर्तेल ३ खेलपछि नै आईसीसीको वरियतामा प्रवेश गरेका हुन् । जारी प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गरेका भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को टी–ट्वान्टीतर्फ ब्याटिङ वरीयताको ९३ औं स्थानमा रहेका हुन् ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजको तीनै खेलमा उनले अर्धशतक प्रहार गरेका थिए । आईसीसीको नयाँ वरीयतामा नेपालका अलराउण्डर पारस खड्काको वरीयता भने घटेको छ । पारस ८२ औं स्थानमा रहेका छन् । बलिङतर्फको वरीयतामा सन्दीप लामिछाने ७८ औं स्थानमा उक्लिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?