Logo

किर्गिस्तानसँग बराबरीमा रोकियो नेपाल

ई-खेलकुद २०७७ चैत्र १२ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टाेली किर्गिस्तानको यु २३ टोलीसँग बराबरीमा राेकिएकाे छ । काठमाडौँमा जारी थ्री नेसन्स कप अन्तरगतकाे आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको हाे ।

पाएका थुप्रै अवसरमा गोल गर्न चुँक्दा नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउन सफल हुन सकेन । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा अधिकांश समय आफ्नो पकडमा राखेको नेपालले गोल गर्ने दर्जन बढी अवसर सदुपयोग गर्न सकेन ।

खेलको चौथो, १० औं र ३३ औं मिनेटमा अन्जन विष्ट गोल गर्न चुके । २९औं मिनेटमा अभिषेक रिजालले पाएको अवसर सदुपयोग गर्न सकेननन् । पहिलो हाफ गोलसहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा पनि गोल गर्ने अवसर गुमाएको नेपाल बराबरीमा रोकिएको हो ।

किर्गिस्तान ६६ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । अभिषेक रिजाललाई लडाएपछि कप्तान तासिभ कामोलिदिन दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिर गएका थिए । दश खेलाडीमा सिमित भएपछि पाएकाे अवसरहरू पनि नेपाली खेलाडीले सदुपयाेग गर्न सकेनन् ।

नेपालले दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । बंगलादेश फाइनलमा प्रवेश गरिसकेकाे छ । नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल मा पुग्नेछ । नेपाल पराजित भएको अवस्थामा किर्गिस्तान फाइनल पुग्नेछ । नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?