Logo

काराबाओ कप फुटबलको चौथो चरणमा टटनह्याम र चेल्सी भिड्दै

ई-खेलकुद २०७७ असोज १३ , मंगलबार ११:०९ मा प्रकाशित

एजेन्सी । काराबाओ कप फुटबलको चौथो चरणको प्रतिस्पर्धामा आज टटनह्याम र चेल्सी आमने सामने हुदैछन् । टटनह्यामको मैदानमा हुने खेल नेपाली समयानुसार मध्यराती साडे १२ बजे सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै क्वार्टरफाईनलमा स्थान सुरक्षित गर्ने योजनामा रहेका छन् । तेस्रो चरणमा टटनह्यामले लियोटोन ओरिएन्टलाई हराउदै चौथो चरणमा स्थान बनाएको थियो । चेल्सीले बर्नस्लीलाई ६–० को फराकिलो अन्तरले हराउदै अन्तिम १६ को यात्रा तय गरेको थियो ।
चौथो चरणका खेलहरु पर्सी सकिनेछन् । काराबाओ कपको क्वार्टरफाईनल चरणका खेलहरु डिसेम्बर २१ बाट सुरु हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?