Logo

एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

ई-खेलकुद २०७८ माघ ८ , शनिबार ०४:०१ मा प्रकाशित

पोखरा । विभागीय टिम नेपाल एपीएफ २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टरफाइनलमा पाहुना टोली बीवाईएससी मिनेसोटालाई ३–१ गोल अन्तरले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै एपीएफ एक शुन्यले पछि परेको थियो । ४७ औं मिनेटमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय रहेन् । ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । ८४ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका रवी थिङले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। खेलको इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ विजयी बनेको हो ।

एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगीताको दोस्रो क्वार्टरफाइनलमा भोली नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?