Logo

एन्फा अध्यक्ष शेर्पाको प्रष्टिकरण– आफ्नो भनाईलाई तोडमोड गरि बितृष्णा फैलाउने हिसाबले प्रचार गरियो

ई-खेलकुद २०७७ जेठ २१ , बुधबार ०७:०६ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुले कुनै समुदाय, भुगोल र वर्गमाथी आघात पार्ने गरि अभिब्यक्ति नदिएको स्पष्टिकरण दिनुभएको छ । अध्यक्ष शेर्पाले आज एक बिज्ञप्ती जारी गर्दै आफ्नो भनाईलाई तोडमोड गरि बितृष्णा फैलाउने हिसाबले प्रचार गरिएको स्पष्ट पार्नुभएको छ । उहा“ले राष्ट्र र राष्ट्रियताका सबालमा एन्फा र आफुमा कुनै भ्रम रहेको जिकिर गर्नुभएको छ । उहाँले केहि शब्दले कुनै भुगोल, सम्प्रदाय र वर्गमा परेको आघातप्रति क्षमा समेत माग्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ– मेरो अभिप्राय वा भावना कुनैपनि भाषा, धर्म, वर्ग, लिंङग र सम्प्रदायका नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होईन, अन्तवार्ताका क्रममा प्रयोग भएका शब्दले कसैको भावनामा चोट पुग्न गएको भए क्षमा याचना गर्दछु ।

आफुले एउटा सर्बोच्च प्रशासनिक निकायको अध्यक्षका हैसियतले कसैमाथी भेदभाव नगरेको समेत अध्यक्ष शेर्पाले बताएका छन् । एक अन्तवार्ताका क्रममा शेर्पाले दिएको अभिब्यक्तिलाई लिएर चौतर्फि आलोचना भएसंगै अध्यक्ष शेर्पाले क्षमाचायनासंगै स्पष्टिकरण दिएका हुन् । सोहि घटनालाई लिएर एन्फाभित्रैबाट उनको राजिनामा पनि माग हुदै आएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?