Logo

एनभीए राष्ट्रिय भलिबल आजबाट सुरु हुदै

ई-खेलकुद २०७७ चैत्र १९ , बिहीबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पाँचौ संस्करण आज सुरु हुदैछ । प्रतियोगीताको पहिलो दिन आज बिभिन्न ४ खेल हुनेछन् । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगिताको महिलातर्फको उद्घाटन खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान १० बजे सुरु हुनेछ ।
बाँकि ३ खेल पुरुषतर्फका हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा एपीएफले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबलेृ मणिमुकुन्द भलिबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
एक साता चल्ने प्रतियोगीतामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोली सहभागी छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । बिधागत उत्कृष्ट खेलाडीले जनहि १० हजार रुपैया पाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?