Logo

एटीपी फाईनल्सको उपाधि मेदभेदेवलाई

ई-खेलकुद २०७७ मंसीर ८ , सोमबार ०९:११ मा प्रकाशित

एजेन्सी । एटिपी फाईनल्स टेनिसको उपाधि रसियन डेनिल मेदभेदेवले जितेका छन् । लण्डनमा गएराती भएको फाईनलमा युएस ओपनका विजेता अष्ट्रियन डोमेनिक थिमलाई २–१ को सेटले हराउदै मेदभेदेवले उपाधि हात पारेका हुन् । उनको यो करियरकै सर्बाधिक ठुलो उपाधि हो ।
पहिलो सेट ४–६ ले थिमलाई सुम्पिएका मेदभेदेवले त्यसपछिका सेटमा ७–६ र ६–४ को जित निकाले । यो उपाधिसंगै २४ बर्षिय मेदभेदेव विश्व वरियताको चौथो स्थानमा उक्लिएको छ । योसंगै मेदभेदेवले शीर्ष बरियतामा रहेका तीनै खेलाडीलाई हराउने किर्तिमान पनि बनाएका छन् । यसअघि उनले सर्बियन नोभाक जोकोभिच र स्पेनी राफायल नाडाललाई पनि यसै प्रतियोगीतामा हराएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?