Logo

एएफसी कप छनोटमा मछिन्द्रको पहिलो प्रतिद्धन्दी ब्लु स्टार क्लब

ई-खेलकुद २०७८ माघ ३ , सोमबार ०४:०१ मा प्रकाशित

काठमाडौं । एएफसी कप छनोट प्ले अफको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले श्रीलंकाली टोलीलाई प्रतिद्धन्दीका रुपमा पाएको छ । एसीयाली फुटबल महासंघ एएफसीले गरेको ड्र अनुसार मछिन्द्रले श्रीलंकाको ब्लु स्टार क्लबलाई प्रतिद्धन्दीका रुपमा पाएको हो । मछिन्द्रले ब्लु स्टार क्लबसँग घरेलु मैदानमा अप्रिल ५ मा प्रतिस्पर्धा गर्नेछ । यो खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल भने अप्रिल १२ मा हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै मछिन्द्रले एएफसी कप खेल्न लागेको हो । अघिल्लो सिजन क्लब लाइसेन्स नभएका कारण खेल्न नपाएको मछिन्द्रले एएफसीबाट क्लब लाइसेन्स पाएपछि एएफसी कप छनोट खेल्न लागेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?