Logo

इंग्ल्यान्ड २ सय १९ रनमा अलआउट

ई-खेलकुद २०७७ साउन २३ , शुक्रबार ०८:०८ मा प्रकाशित

एजेन्सी ।  पाकिस्तानबिरुद्दको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिड़समा घरेलु टोली इंग्ल्यान्ड २ सय १९ रनमा समेटिएको छ । तेस्रो दिन चार विकेट गुमाएर ९२ रनबाट अगाडि खेल्न सुरु गरेको घरेलु टोली थप १ सय २७ रन जोड्दा अलआउट भयो । यो अबस्थामा पाकिस्तान १ सय ७ रनले अगाडि छ ।

इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानका यासिर शाहले सर्वाधिक चार विकेट लिए ।यसअघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?