Logo

आरसीटीको सहज जित

ई-खेलकुद २०७७ फागुन १३ , बिहीबार ०४:०२ मा प्रकाशित

काठमाण्डौ । रानी पोखरी कर्नर टिम आरसीटीले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सहज जित हात पारेको छ । आज भएको खेलमा १० खेलाडीमा सिमित नयाँ बस्ती युवा क्लबलाई ४–२ ले हराउदै आरसीटी तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आरसीटीलाई जिताउन अजित गुरुङले २ तथासुरेन खवास र विश्व थापाले एक एक गोल गरे । नयाँ बस्तीका गणेश हमाल र सुच गुरुङले गोल गरे ।
छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा गणेशले नयाँबस्तीलाई १–१ गोलको बराबरीमा पुर्याए । दोस्रो हाफको पाँचौ मिनेटमा सचु गुरुङले गोल गरेपछि नयाँ बस्ती २–१ को अवस्थामा पुग्यो । ६६ औं मिनेटमा सुरेनले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । खेलको ६८ औं मिनेटमा आशिष चापागाईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नयाँ बस्ती १० खेलाडीमा सिमित बन्यो । ८३ औं मिनेटमा विश्वले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए । खेल सकिन ५ मिनेट अगाडी अजितले ब्यक्तिगत दोस्रो गोल गरेपछि आरसीटी विजयी बन्यो । आरसीटीले ७ खेलबाट ९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा पुगेको हो । समान खेलबाट नयाँबस्ती ११ अंकमा तालिकाको चौथो स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?