Logo

राखेपमा हरी खड्का सहित ११ बोर्ड सदस्य नियुक्त

ई-खेलकुद २०७७ असोज २३ , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त बोर्ड सदस्यमा ११ जना नियुक्त भएका छन् । बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ९ र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले २ गरी ११ जनालाई बोर्ड सदस्यमा नियुक्त गर्नुभएको हो । सोमबार बसेको मन्त्री परिषद बैठकले ९ जनाको नाम अनुमोदन गरेसंगै राखेपको बोर्ड सदस्य नियुक्त भएका हुन् ।
सरकारले राखेपको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई नियुक्र गरेको हो ।
हरी खड्का प्रदेश एकको खस आर्यको कोटाबाट बोर्ड सदस्यमा नियुक्त भएका हुन् । प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश एककै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनित भएका हुन् ।
खेलकुदको क्षेत्रमा पुर्याएको योगदानका आधारमा सरकारले उनीहरुलाई नयाँ जिम्मेबारी दिएको हो । राखेप बोर्ड अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । पछिल्लो नियुक्तिसंगै राखेपमा ११ बोर्ड सदस्य नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ । यसअघि मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो ।

 

बोर्ड सदस्य राखेप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?