Logo

बैङलोरले कोलकत्तालाई दियो १ सय ९५ रनको लक्ष्य

ई-खेलकुद २०७७ असोज २६ , सोमबार ०९:१० मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको २८ औ खेलमा रोयल च्यालेन्जर्स बैङलोरले कोलकत्ता नाईट राईडर्ससमु १ सय ९५ रनको चुनौती प्रस्तुत गरेको छ । सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ९४ रनको उच्च योगफल तयार पारेको हो ।
एबी डिभिलियर्सले सर्बाधिक ७३ रन बनाएको ईनिङसमा एरोन फिन्चले ४६ रन बनाए । कप्तान बिराट कोहलीले ३३ र देबदत्त पाडीक्कलले ३२ रन जोडे । तेस्रो विकेटका लागि डिभिलियर्स र कोहलीले १ सय रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका हुन् ।
कोलकत्ताका आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान एक विकेट लिए । दुबै टोली सिजनको पाँचौ जितको खोजीमा एकअर्काबिरुद्ध मैदान उत्रिएका छन् ।

आईपीएल बैङलोर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?