Logo

फ्रेन्च ओपन टेनिसको उपाधि स्वाटेकले जितिन

ई-खेलकुद २०७७ असोज २५ , आईतबार ०६:१० मा प्रकाशित

एजेन्सी । फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधि पोल्याण्डकी ईगा स्वाटेकले जितेकि छन् । पेरिसमा भएको फाईनलमा अमेरिकी सोफिया केनिनलाई सोझो सेटले हराउदै १९ बर्षिय स्वाटेकले पहिलो ग्राण्डस्लामको उपाधि उचालेकि हुन् । पहिलो सेटमा ६–४ को जित निकालेकी स्वाटेकले दोस्रो सेटमा ६–१ को सहज जित निकाल्दै उपाधि हात पारेकी हुन् ।
पुर्ब जुनियर विंम्लडन च्याम्पियन ५४ औ बरियताकी ईगा ग्राण्डस्लाम जित्ने पहिलो पोलिस खेलाडी समेत बनेकि छिन् । सन् १९९२ पछि फ्रेन्च ओपनको उपाधि जित्ने उनी सबैभन्दा कान्छी खेलाडी हुन् ।
फ्रेन्च ओपन अन्र्तगत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियन नोभाक जोकोभिच र स्पेनी राफायल नाडाल प्रतिस्पर्धा गर्नेछन् ।

ईगा स्वाटेक फ्रेन्च ओपन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?