Logo

फ्रेन्च ओपनको उपाधिका लागि केनिन र स्विटेक भिड्ने

ई-खेलकुद २०७७ असोज २३ , शुक्रबार ०९:१० मा प्रकाशित

एजेन्सी । फ्रेन्च ओपन अन्तर्गगत महिला एकलतर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र पोल्याण्डकी ईगा स्विटेक भिड्ने भएका छन् । सेमिफाईनलमा केनिनले चेक रिपब्लीककी पेट्रा भित्तोभालाई सोझो सेटले हराउदै फाईनलमा स्थान बनाएकी हुन् । पहिलो सेटमा ६–४ को जित निकालेकी उनले दोस्रो सेटमा ७–५ को संर्घषपुर्ण जित निकाल्दै उपाधि यात्रा तय गरिन् ।
ईगाले अर्जेन्टिनाकी नादिया पोडोरोस्काको चुनौती सहजै पन्छाउदै फाईनलमा स्थान सुरक्ष्ँित गरिन् । पहिलो सेटमा ६–२ को जित निकालेकी ईगाले दोस्रो सेटमा ६–१ को सहज जित हात पारिन् ।
पुरुष एकलतर्फको सेमिफाईनलमा आज डिएगो स्वर्जमेन र राफायल नाडाल तथा नोभाक जोकोभिच र स्टेफानोस सितसीपास प्रतिस्पर्धा गर्दैछन् ।

फ्रेन्च ओपन सोफिया केनिन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?