Logo

फ्रेन्च ओपनको उपाधिका लागि जोकोभिच र नाडाल भिड्ने

ई-खेलकुद २०७७ असोज २४ , शनिबार ०६:१० मा प्रकाशित

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधिका लागि शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिच र स्पेनी राफायल नाडाल भिड्ने भएका छन् । पेरिसमा आज भएको सेमिफाईनलमा नाडालले अर्जेन्टिनी डिएगो स्वर्जमेनलाई सोझो सेटले हराउदै फाईनलमा स्थान सुरक्षित गरे । ६–३, ६–३ र ७–६ को जित निकाल्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
जोकोभिचले ग्रीसका स्टेफानोस सितसिपासबिरुद्ध ३–२ को संर्घषपुर्ण जित निकाल्दै नाडालसंगको उपाधि भेट पक्का गरेका हुन् । सुरुवाती २ सेटमा ६–३ र ६–२ को जित निकालेका जोकोभिचले त्यसपछिका सेट ५–७ र ४–६ ले गुमाएका थिए । निर्णायक सेटमा ६–१ को सहज जित निकाल्दै जोकोभिचले फाईनलमा स्थान सुरक्षित गरेका हुन् ।
महिला एकलतर्फको फाईनलमा अमेरिकी सोफिया केनिन र पोल्याण्डकी ईगा स्विटेक प्रतिस्पर्धा गर्नेछन् ।

जोकोभिच फ्रेन्च ओपन
लोकप्रिय छुटाउनुभयो कि ?