Logo

फुटबल प्रशिक्षण सुरु गर्न राखेपको अनुमती

ई-खेलकुद २०७७ असोज ३० , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । आसन्न अन्तराष्ट्रिय प्रतियोगीता तथा मैत्रीपुर्ण खेलको तालिकालाई देखाउदै एन्फाले प्रशिक्षण सुरु गर्न राखेपलाई बारम्बार आग्रह गर्दै आएको थियो । बंगलादेशसंग मैत्रीपुर्ण खेल तय भएसंगै राखेपले प्रशिक्षणको अनुमती दिएको हो । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले विश्वकप छनोटका खेलका साथै अन्तराष्ट्रिय मैत्रीपुर्ण खेललाई पनि ध्यानमा राखेर एनफालाई प्रशिक्षणको अनुमती दिएको बताउनुभयो ।
तर स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै सानो समुह बनाई छुट्टा छुट्टै प्रशिक्षण गर्न राखेपले आग्रह गरेको छ । कोरोना माहामारीका कारण लामो समय खेलकुद गतिबिधि ठप्प रहदा ८ महिनायता खेलाडीले मैदानमा अभ्यास गर्न पाएका छैनन् । दक्षिण एसियाली मुलुकहरुमा पनि खेलकुद गतिबिधि सुचारु हुन थालेसंगै राखेपले पनि फुटबलबाट खेलाडीलाई प्रशिक्षणमा फर्काउन सुरु गरेको हो ।
राखेपले आवश्यक्ता अनुसार अन्य खेलका खेलाडीलाई पनि प्रशिक्षणमा निकाल्ने बताउदै आएको छ ।

प्रशिक्षण राखेप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?