Logo

प्रिमियर लिगमा लिभरपुलले आज एभर्टनसंग खेल्दै

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ११:१० मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुँदैछ । आज साविक विजेता लिभरपुल, आर्सनल चेल्सी, म्यानचेष्टर सिटी सहित ८ टोली प्रतिस्पर्धामा गर्न लागेका हुन् ।
दिनको पहिलो खेलमा साँझ सवा ५ बजे लिभरपुलले एभर्टनसंग प्रतिस्पर्धा गर्नेछ । एभर्टनको मैदानमा हुने खेलमा घरेलु टोली पाँचौ र लिभरपुल चौथो जितको खोजीमा हुनेछन् । जारी सिजन अपराजित रहेको एभर्टन बलियो टोलीलाई हराउदै शीर्ष स्थानमा अग्रता बढाउने योजनामा छ । एभर्टनलाई हराउन सके लिभरपुलले शीर्ष स्थान नजिक पुग्नेछ । ४ खेलबाट एभर्टनको १२ र लिभरपुलको ९ अंक छ ।
आजको दोस्रो खेलमा राती पौने ८ बजे चेल्सी र साउथहेम्प्टन आमने सामने हुनेछन् । चेल्सीको मैदानमा हुने खेलमा घरेलु टोली तेस्रो र साउथहेम्प्टन तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
अर्को खेलमा राती सवा १० बजे म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । सिटीको मैदानमा हुने खेलमा सिटी दोस्रो र आर्सनल चौथो जितको खोजीमा रहनेछन् । जारी सिजन खराब प्रर्दशन गर्दै आएको सिटी घरेलु मैदानबाट त्यसलाई सुधार गर्न चाहान्छ । सिटीलाई हराउन सके आर्सनल पनि शीर्ष स्थानका लागि दाबेदार बन्नेछ । ४ खेलबाट आर्सनलको ९ र एक खेल कम खेलेको सिटीको ४ अंक छ ।
दिनको अन्तिम खेलमा राती पौने १ बजे म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडको सामना गर्नेछ । न्युकासलको मैदानमा हुने खेलमा घरेलु टोली तेस्रो र युनाईटेड दोस्रो जित निकाल्ने योजनामा रहनेछन् । ४ खेलबाट न्यु क्यासलको ७ र एक खेल कम खेलेको म्यान युनाईटेडको ३ अंक रहेको छ ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?