Logo

नाडालले जिते १३ औ फ्रेन्च ओपनको उपाधि

ई-खेलकुद २०७७ असोज २६ , सोमबार ०८:१० मा प्रकाशित

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनी राफायल नाडालले जितेका छन् । किर्तिमानी १३ औ पटक फ्रेन्च ओपनको उपाधि उचाल्ने क्रममा उनले शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिचलाई सोझो सेटले हराउदै नाडालले २० औ ग्राण्डस्लामको उपाधि हात पारेका हुन् । योसंगै नाडालले सर्बाधिक ग्राण्डस्लाम जित्ने रोजर फेडेररको किर्तिमानी पनि बराबरी गरेका छन् । पहिलो सेट ६–० ले जितेका नाडालले त्यसपछिका सेटमा ६–२ र ७–५ को जित निकालेका थिए ।
दोस्रो वरियताका ३४ बर्षिय नाडालले लगातार चौथो बर्ष फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् ।
फ्रेन्च ओपनको महिला एकलतर्फको उपाधि भने पोल्याण्डकी ईगा स्वाटेकले जितेकि थिईन् । उनले अमेरिकी सोफिया केनिनलाई हराउदै पहिलो ग्राण्डस्लामको उपाधि हात पारेकी थिईन् ।

नाडाल फ्रेन्च ओपन
लोकप्रिय छुटाउनुभयो कि ?