Logo

नवौ खेलमा पनि सन्दिप बेञ्चमै, चेन्नई ब्याटिङ गर्दै

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ०७:१० मा प्रकाशित

एजेन्सी । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई नवौ चरणको खेलमा पनि बेञ्चमै राखेको छ । आईपीएल क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सबिरुद्धको खेलमा पनि दिल्लीले उनलाई पहिलो रोजाईमा पार्न नसकेको हो । दिल्लीले अघिल्लो खेलमा मैदान उतारेको सेटलाई नै आज पनि निरन्तराता दिएको छ । सारहजास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको चेन्नईले ब्याटिङ थालेको छ ।
चेन्नईलाई हराउन सके दिल्ली पुन तालिकाको शीर्ष स्थानमा फर्कनेछ । चेन्नईको जितले उसलाई २ स्थान माथी चढाउनेछ ।
यसै सिजन भएको भेटमा दिल्लीले ४४ रनको फराकिलो अन्तरले हराएको दिल्ली आजपनि सोहि लय कायम राख्ने योजनामा छ ।

आईपीएल सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?