Logo

दिल्लीलाई पुन शीर्ष स्थानमा उक्लने मौका

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ११:१० मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे रोयलच्यालेन्जर्स बैङलोेर र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा बैङलोर छैटौ र राजस्थान चौथो जितको खोजीमा रहनेछन् । राजस्थानलाई हराउन सके बैङलोर तालिकाको दोस्रो स्थानमा पुग्नेछ । अघिल्लो चरण प्रबेशका लागि राजस्थानलाई बैङलोरबिरुद्धको खेलमा जित्नै पर्ने दबाब छ । बैंगलोरले ५ जितसंगै १० अंकमा तेस्रो र समान खेलबाट ६ अंक जोडेको राजस्थान सातौ स्थानमा छन् ।
आजै हुने दोस्रो खेलमा राती पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर कि)ग्सबिच प्रतिस्पर्धा हुनेछ । सारजाहा क्रिकेट मैदानमा हुने खेलमा दिल्ली सातौ र चेन्नई चौथो जितको खोजीमा रहनेछन् । चेन्नईलाई हराउन सके दिल्ली पुन तालिकाको शीर्ष स्थानमा फर्कनेछ । चेन्नईको जितले उसलाई २ स्थान माथी चढाउनेछ ।
यसै सिजन भएको भेटमा दिल्लीले ४४ रनको फराकिलो अन्तरले हराएको दिल्ली आजपनि सोहि लय कायम राख्ने योजनामा छ ।
यसैबिच दिल्लीले नेपाली लेगस्पिनर सन्दिपलाई मैदान उतार्ने संभावना आज पनि न्युन रहेको छ । लगातार ८ खेलसम्म बेञ्चमै सिमित रहेका सन्दिपलाई आज पनि बेञ्चमा राख्दै अघिल्लो सेटमा २ परिवर्तन गर्ने संभावना छ । चोटपछि प्रशिक्षणमा फर्किएका रिषब पन्त टोलीमा पर्ने संभावना बढेसंगै एलेक्स केरी बेञ्चमा बस्ने निश्चित छ । यस्तोमा बिवदेशी कोटामा एक स्थान खाली रहनेभएकाले सो कोटामा सिमरोन हेटमेर, केमो पउल, सन्दिप लामिछाने मध्ये एक जनाले स्थान बनाउने निश्चित छ ।

आईपीएल दिल्ली

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?