Logo

डिभिलियर्स चम्कदा बैङलोरको रोमाञ्चक जित

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ०७:१० मा प्रकाशित

एजेन्सी । रोयल च्यालेन्जर्स बैङलोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा छैटौ जित निकालेको छ । नवौ चरणको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै बैङलोरले दिल्ली र मुम्बईसंग अंक बराबरी गरेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैङलोरले २ बल अगाबै ३ विकेट गुमाएर भेट्टायो । बिष्फोट ब्याटिङ गर्दै एबी डिभिलियर्सले २२ बलमा अबिजित ५५ र गुरकृत सिंहले १९ रन बनाउदै टोलीलाई शानदार जित दिलाए । कप्तान विराट कोहलीले ४३ रन बनाएको बैङलोरको ईनिङसमा देवदत्त पाडीक्कले ३५ र एरोन फिन्चले १४ रन बनाए । राजस्थानका राहुल टेवाटिया,कार्तिक त्यागी र श्रेयस गोपालले समान एक विकेट लिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको राजस्थानले ६ विकेट गुमाई १ सय ७७ रनको सम्माजनक योगफल तयार पारेको थियो । कप्तान स्टेभन स्मिथले ५७, रोबिन उथप्पाले ४१ र जस बटलरले २४ रनको योगदान गरे । राहुल टेबाटियाले १९ र बेन स्टोक्सले १५ रन जोडे ।
बैङलोरका क्रिस मोरिसले ४ तथा युजवेन्द्र चहालले २ विकेट लिए ।

आईपीएल बैङलोर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?