Logo

जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा

ई-खेलकुद २०७७ असोज २२ , बिहीबार ०७:१० मा प्रकाशित

एजेन्सी । शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेकमा छन् । स्पेनका कारेनो बुष्टालाई ३–१ के सेटले हराउदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् । पहिलो सेट ४–६ ले गुमाएका जोकोभिचले त्यसपछिका सेटमा ६–२, ६–३ र ६–४ को जित हात पारेका थिए ।
म्हिला एकलतर्फ आफ्नै देशकी डानिल्ली कोलिन्सलाई २–१ को सेटले हराउदै अमेरिकी सोफिया केनिनले अन्तिम चारको यात्रा तय गरेकि हुन् । पहिलो सेटमा ६–४ को जित निकालेकी केनिनले दोस्रो सेट ४–६ ले गुमाएकी थिईन । तेस्रो सेटमा ६–० को सहज जित निकाल्दै केनिनले अन्तिम चारको यात्रा तय गरिन् ।

 

नोभाक जोकोभिच फ्रेन्च ओपन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?