Logo

कोलकत्तालाई सहजै हराउदै मुम्बई शीर्ष स्थानमा

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ०७:१० मा प्रकाशित

एजेन्सी । मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । आठौ चरणको खेलमा गएराती कोलकत्ता नाईट राईर्सलाई ८ विकेटले हराउदै मुम्बईले समान अंक भएको दिल्ली क्यापिटल्सलाई पछि पारेको हो । कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १९ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो । क्विनटन डी ककले अविजित ७८ रन बनाउदै टोलीलाई सहज जित दिलाए । कप्तान रोहित शर्माले ३५ र हार्दिक पाण्डेयाले नटआउट २१ रन बनाए । कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले समान एक विकेट लिए ।
यसअघि शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कोलकत्ताले ५ विकेट गुमाएर १ सय ४८ रनको मध्यम योगफल तयार पारेको थियो । कोलकत्ताको लागि पाट कुमिन्सले ५३ र कप्तान इयोन मोर्गन ३९ रनमा अविजित रहे । यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन बनाए । मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोउल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले समान एक विकेट लिए । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ । कोलकत्ताको भने यो चौंथो हार हो ।

आईपीएल मुम्बई ईण्डियन्स

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?