Logo

कोलकत्ताका दिनेशले कप्तान छाडे, मोर्गन नयाँ क्याप्टेन

ई-खेलकुद २०७७ असोज ३० , शुक्रबार ०५:१० मा प्रकाशित

एजेन्सी । दिनेश कार्तिकले कोलकत्ता नाइट राइडर्सको कप्तानी छाडेका छन् । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको आठौ चरणका खेल जारी रहदा कार्तिकले टोलीको कप्तानी छाडेका हुन् । कोलकत्ताले आज कप्तान कार्तिकले टिमको कप्तानी छाडेको जनाउदै नयाँ कप्तानमा ईयोन मोर्गनलाई जिम्मेबारी दिएको जनाएको छ । दिनेशले आफुलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताएका छन् । ७ खेलबाट ८ अंक जोडेको कोलकत्ता तालिकाको चौथो स्थानमा रहेको छ । पछिल्लो समय कार्तिकको भुमिकालाई लिएर टिम ब्यबस्थापक पनि त्यत्ति सन्तुष्ट थिएनन् । त्यसकारण पनि उनलाई जिम्मेबारी छाड्न दबाव परेको थियो ।
आज राती मुम्बई इन्डियन्सबिरुद्ध हुने खेलबाट मोर्गनले टोलीको कमानी सम्हाल्नेछन् ।

आईपीएल दिनेश कार्तिक

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?