Logo

कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि एन्फा हेडक्वार्टर बन्द

ई-खेलकुद २०७७ असोज २२ , बिहीबार ०१:१० मा प्रकाशित

काठमाण्डौ । आफ्ना केहि कर्मचारीका कोरोना सक्रमण पुष्टि भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को हेडक्वार्टर बन्द गरिएको छ । हिजो एन्फाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका ब्यक्तिलाई आईसोलेशनमा राखेर कार्यालय ३ दिन बन्द गरिएको एन्फाले जनाएको छ । एन्फा प्रबक्ता किरण राईले केहि दिन कार्यालय बन्द गरेर अन्यको पनि परिक्षणको तयारी भईरहेको बताउनुभयो । एन्फाको स्टोर शाखाका कर्मचारीमा सक्रमण देखिएकाले आफुहरुले केहि दिन कार्यालय बन्द गर्ने निर्णय गरेको राईले जानकारी दिनुभयो ।

एन्फा कोरोना

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?