Logo

आईपीएलमा आज दिल्ली र राजस्थान प्रतिस्पर्धामा

ई-खेलकुद २०७७ असोज २८ , बुधबार ०५:१० मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ३० औ खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुदैछ । तालिकाको दोस्रो स्थानको दिल्लीले सातौ स्थानको राजस्थानसंग प्रतिस्पर्धा गर्न लागेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ ।
दिल्ली राजस्थानलाई हराउदै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ । दिल्लीलाई हराउन सके राजस्थानले तालिकामा कम्तीमा २ स्थान फड्को मार्नेछ । यसै सिजन भएको भेटमा शानदार जित निकालेको दिल्ली राजस्थानबिरुद्ध जितको श्रृखला जारी राख्ने योजनामा रहेको छ । राजस्थानलाई भने पहिलो खेलमा भोगेको हारको बदला लिदै तालिकामा सुधार गर्न आजको खेल निक्कै महत्वपुर्ण रहेको छ ।
पछिल्ला ५ भेटमा दिल्लीले ४ खेल आफ्नो पक्षमा पारेको छ भने एक खेलमा राजस्थान विजयी भएको छ ।
राजस्थानबिरुद्धको खेलमा दिल्लीले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई मैदान उतार्ने संभावना छ । यसअघिका खेलमा बेन्चमै सिमित रहदै आएका सन्दिप अन्य खेलाडी चोटग्रस्त भएपछि प्लेईङ सेटमा पर्ने संभावना छ । बलरहरु अमित मिश्रासंगै ईशान्त शर्मा र ब्याट्सम्यान रिषब पन्तले चोट बोकेपछि दिल्लीको सेटमा आज ब्यापक परिवर्तनको संभावना छ । यस्तोमा सन्दिपलाई स्पिनरका रुपमा राख्ने संभावना बढेको हो ।

आईपीएल दिल्ली क्यापिटल्स

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?