Logo

आईपीएलमा आजबाट दोस्रो चरणका खेलहरु सुरु हुदै

ई-खेलकुद २०७७ असोज २७ , मंगलबार ०२:१० मा प्रकाशित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आजबाट दोस्रो चरणका खेल सुरु हुदैछन् । लिगको आठौ चरणको पहिलो खेलमा चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्नेछन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ । खेलमा हैदरावाद चौथो र चेन्नई तेस्रो जितको खोजीमा रहेका छन् । जारी सिजन उत्कृष्ट प्रर्दशन गर्न नसकेको साविक उपविजेता चेन्नई यसै सिजन भएको भेटमा भोगेको हारको बदला लिने योजनामा समेत रहेको छ । यसअघि भएको भेटमा हैदरावादले चेन्नईलाई ७ रनले पराजित गरेको थियो ।
हैदरावाद चेन्नईबिरुद्ध जितको श्रृखला जारी राख्दै तालिकामा सुधारको योजनामा रहेको छ । ७ खेलबाट ६ अंक जोडेको हैदरावाद तालिकाको पाँचौ स्थानमा छ । यसअघि गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैङलोरले कोलकत्रा नाईट राईडर्सलाई ८२ रनको फराकिलो अन्तरले हराएको थियो ।

आईपीएल चेन्नई
लोकप्रिय छुटाउनुभयो कि ?