Logo

अर्जेन्टिना र पाराग्वेको जित, उरुग्वे पराजित

ई-खेलकुद २०७७ असोज २८ , बुधबार ०६:१० मा प्रकाशित

एजेन्सी । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना, पाराग्वे र ईक्वेडर विजयी भएका छन् । बोलिभियालाई २–१ ले हराउदै अर्जेन्टिनाले छनोटमा लगातार दोस्रो जित हात पारेको हो । घरेलु मैदानमा खेलको २४ औ मिनेटमा मार्सेलो मार्टिन्सको गोलमा अग्रता बनाएको बोलिभियाले पहिलो हाफको अन्तिम समयमा गोल खाएको थियो । लाउतारो मार्टिनेजले ४५ औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा पुर्याएका थिए । ७९ औ मिनेटमा जोवाकीन कोरियाले गोल गर्दै टोलीलाई जित दिलाए । २ खेलबाट अर्जेन्टिना ६ अंकमा शीर्ष स्थानमा छ ।
पाराग्वेले भेनेजुएलालाई १–० ले स्तब्ध पार्यो । खेलको अन्तिम केहि समय सम्हालिन नसक्दा भेनेजुएला हार भोग्न बाध्य भयो । खेलको ८५ औ मिनेटमा गास्टोन जिमिनेजले पाराग्वेका लागि निर्णायक गोल गरेका थिए ।
ईक्वेडरले उरुग्वेलाई ४–२ ले हरायो । लुईस स्वारेजले टोलीका लागि २ गोल गरेपनि उरुग्वेलाई हारबाट भने जोगाउन सकेन्न् । ८३ र ईन्ज्युरी समयमा पेनाल्टि मार्फत उनले गोल गरेका थिए ।
ईक्वेडरको जितमा मिचेल स्तार्डाले २ तथा मोईसेस काईसेडो र गोन्जालो पाल्टाले एक एक गोल गरे ।

अर्जेन्टिना विश्वकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?