Logo

स्वारेज एट्लेटिको मड्रिडमा अनुबन्धीत

ई-खेलकुद २०७७ असोज ८ , बिहीबार ०२:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज ला लिगाकै अर्को क्लव एट्लेटिको मड्रिडसंग अनुबन्धीत भएका हुन् । उरुग्वेका फरवर्ड स्वारेजलाई एट्लेटिकोले २ बर्षको सम्झौता गरेको हो । मड्रिडले उनलाई ६ मिलियन युरोमा टोलीमा अनुबन्धन गरेको हो । बार्साका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेज सिरि ए टोली युभेन्टस जाने तयारीमा थिए । तर नागरिकताको समस्याका कारण युभेन्टससंगको सम्झौताको प्रक्रिया अनिश्चित बनेसंगै ला लिगाकै अर्को टोलीमा आबद्ध भएका हुन् । ३३ वर्षीय स्वारेज ६ वर्षे बसाइपछि अपमानजनक रुपमा बार्साबाट बिदाई भएका हुन्। उनले क्लबका लागि १ सय ९८ गोल गरेका थिए । उनी बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता हुन्, जो लियोनल मेस्सी र केसारभन्दा पछि छन् । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका उनले बार्साको जर्सीमा २ सय ८३ खेल खेलेका थिए ।

एट्लेटिको मड्रिड लुइस स्वारेज
लोकप्रिय छुटाउनुभयो कि ?