Logo

स्वारेज एट्लेटिको मड्रिड जाने

ई-खेलकुद २०७७ असोज ७ , बुधबार ०७:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लुईस स्वारेज एट्लेटिको मड्रिड जाने भएका छन् । क्लबका नयाँ प्रशिक्षकको योजनामा नपरेका स्वारेज ला लिगाकै अर्को टोली एट्लेटिको मड्रिड जाने भएका हुन । क्लबबाट समेत अनुमती पाएपछि उनले १५ मिलियन युरोमा एट्लेटिकोसंग सम्झौता गरेका हुन् । इटालियन सिरी ए क्लब युभेन्टस जान खोजेपछि सम्झौता प्रयास असफल भएपछि कम पारिश्रमिकमा एट्लेटिको जान लागेका हुन् । एट्लेटिकोले स्वारेजलाई टोलीमा भित्र्याउन बार्सालाई ४ मिलियन युरो भने तिर्नुपर्नेछ ।
६ वर्ष नाउ क्याम्पमा रहेका स्वारेजले बार्साको जर्सीमा २ सय ८३ खेल खेलेका छन् । उनले बार्साका लागि १ सय ९८ गोल गरेका छन् । स्बारेज इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए ।

एट्लेटिको लुईस स्वारेज
लोकप्रिय छुटाउनुभयो कि ?