Logo

स्वारेजलाई अर्को क्लबको जर्सीमा देख्दा निक्कै दुख लाग्छ : लियोनल मेस्सी

ई-खेलकुद २०७७ असोज १० , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लुईस स्वारेजको दुखद बिदाईले आफुलाई निक्कै चिन्तित बनाएको बताएका छन् । ६ बर्ष लामो सहकार्यपछि स्वारेजले हिजो औपचारिक रुपमै बार्सा छाडेपछि ईन्टाग्राममा फोटोसहितको पोष्ट गर्दै मेस्सीले आफुलाई उनको अभाव निक्कै खड्किने उल्लेख गरेका हुन् । उनले गुनासो गर्दै भनेका छन– बार्साका महत्वपुर्ण खेलाडी तिमी यो भन्दा उत्कृष्ट बिदाईको हकदार थियौ । तर परिस्थितीले तिम्रो बर्हिगमन त्यसअनुरुप हुन सकेन् । क्लबले तिम्लाई जे व्यबहार गार्यो त्यो राम्रो भएन् ।
मेस्सी र स्वारेज क्लब भित्र र बाहिर निक्कै मिल्ने साथीका रुपमा रहेका थिए । उनले भनेका छन– ड्रेसीङ रुममा तिमी नभएको पह मैले निक्कै कठिन महसुुस गरेको छु । हर समय म तिम्रै खोजीमा रहनेछु । अहिलेसम्मका पलहरु अबिश्मरणीय रहनेछन् ।
मेस्सीले फरक जर्सीमा स्वारेजलाई देख्दा आफुलाई निक्कै दुख लाग्ने बताउदै उनीबिरुद्ध खेल्दा आफुलाई निक्कै असहज हुने उल्लेख गरेका छन् । मेस्सीले छिट्टै उनीसंग भेट गर्ने समेत बताएका छन् ।
बार्साका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको बताएपछि स्वारेजले बाध्यताका बिच क्लब छाड्का थिए । उनी बार्साका तेस्रो सर्बाधिक गोलकर्ता समेत हुन् । हिजो मात्र स्वारेजले ला लिगाकै अर्को टोली एट्लेटिको मड्रिडसंग २ बर्षको औपचारिक सम्झौता गरेका थिए ।

बार्सिलोना लियोनल मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?