Logo

सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

ई-खेलकुद २०७७ असोज ५ , सोमबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । सुपर ओभरमा पुगेको खेलमा गएराती किंग्स एलाभेन पञ्जावलाई हराउदै दिल्लीले सिजनको सुखद सुरुवात गरेको हो । सुरुवाती ३ बलमा २ रन जोड्दा पञ्जावका दुबै व्याट्सम्यान कासीगो रावाडाको सिकार बनेपछि दिल्लीले ३ रनको लक्ष्य पाएको थियो । जसमा श्रेयर ऐरले २ रन प्रहार गर्दै टोलीलाई जित दिलाए । महम्मद सामीले पहिलो बल डट फालेपनि दोस्रो बल वाईट फाल्दै अतिरिक्त रन दिएका थिए । त्यसलगत्तैको बलमा श्रेयसले २ रन जोड्दै टोलीलाई जित दिलाएका थिए ।
रोमाञ्जक बनेको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जावले ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । मायांक अग्रवालले ८९, लोकेश राहुलले २१ र कृष्णप्पा गौतमले २० रन बनाउदै दिल्लीसंगको स्कोर बराबरी गरेका थिए । दिल्लीका कासीगो रावाडा,मार्कुस स्टोईनिस र रबिचन्द्र आश्विनले समान २ तथा मोहित शर्मा र अक्सर पटेलले समान एक विकेट लिए ।
यसअघि दुबई ईन्टरनेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको दिल्लीले ८ विकेट गुमाएर १ सय ५७ रनको मध्यम योगफल तयार पारेको थियो । माथिल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेको दिल्लीको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । स्टोईनिसले ५३, कप्तान श्रेयस ऐरले ३९ र रिषव पन्तले ३१ रन बनाए । पञ्जावका महम्मद सामीले ३ तथा सेल्ड्रोन कोटरेलले २ विकेट लिए । शिखर धवन र मार्कुस स्टोईनिस रनआृट भएका थिए ।

आईपीएल
लोकप्रिय छुटाउनुभयो कि ?