Logo

सर्जियो अगुईरो २ महिना मैदान बाहिरै रहने

ई-खेलकुद २०७७ असोज ३ , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटिका स्टाईकर सर्जियो अगुईरो प्रिमियर लिगको सुरुवाती २ महिना मैदान बाहिरै रहने भएका छन् । सिटिका प्रशिक्षक पेप ग्वार्डीओलाले चोट बोकेका अगुईरोले सुरुवाती २ महिनाका खेल गुमाउने बताएका हुन् । गत जुन २२ मा भएको बर्नलीबिरुद्धको खेलमा अगुईरोले घुडाँमा गम्भीर चोट बोकेका थिए । ग्वार्डीओलाले आफ्ना किर्तिमानी स्टाईकर फिट हुन नोभेम्बरसम्मको समय लाग्ने बताएका हुन् । ३२ बर्षिय स्टाईकर पछिल्ला १२ खेलमा समेत मैदान उत्रन पाएका छैनन् । उनको स्थानमा सिटिले ग्राबियल जिससलाई टोलीमा स्थान दिदै आएको छ । उनले अघिल्लो सिजनका १२ खेलमा ५ गोल गरेका छन् ।

म्यानचेष्टर सिटि सर्जियो अगुईरो
लोकप्रिय छुटाउनुभयो कि ?