Logo

विद्यालय लिग फुटबल मंसिर दोस्रो साताबाट हुने

ई-खेलकुद २०७७ असोज ६ , मंगलबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर विद्यालय लिग फुटबल मंसिरबाट सञ्चालन गर्ने भएको छ । उपत्यकाका तीन जिल्ला र काभ्रेलाई पनि समाबेश गर्दै मंसिर दोस्रो साताबाट लिग गराउने गरी एन्फाले तयारी अघि बढाएको हो ।

एन्फाले आज विज्ञप्ती जारी गर्दै १५ बर्ष मुनीका खेलाडीलाई लक्षित गर्दै प्रतियोगीता सञ्चालन गर्ने जनाएको हो । अन्तर विद्यालय लिगका लागि एन्फाले उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरसंगै काभ्रेका बिद्यालयहरुबाट पनि आवेदन माग गरेको छ । १५ दिनसम्ममा प्राप्त भएका आबेदन अनुसार प्रतियोगीताको तालिकासंगै अन्य तयारी अघि बढाउने एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
एन्फाले विद्यालयको आफ्नै खेल मैदान (चौडाई कम्तीमा ३५ देखि ५० मिटर र लम्बाई कम्तीमा ७० देखि १०० मिटर) हुपुपर्ने, विद्यालयको आफ्नै यू १५ टिम हुनुपर्ने जसमा कम्तीमा २३ र बढीमा ३० जना युवा खेलाडीहरु रहनुपर्ने, विद्यालयको टिममा न्यूनतम एएफसी सी लाइसेन्स कोचिङ सर्टिफिकेट पूरा गरेको प्रशिक्षक अनिवार्य हुनुपर्ने र विद्यालयको मैदानमा होम म्याचका खेलहरु सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्ने मापदण्ड तोकेको छ । उमेर समुहको टोली निर्माणका लागि पहिलो चरणमा चार जिल्लाबाट खेलाडी छनोटको लक्ष्यका साथ प्रतियोगीता गर्न लागिएको एन्फाले जनाएको छ ।

एन्फा विद्यालय लिग
लोकप्रिय छुटाउनुभयो कि ?