Logo

लिली फेन्च लिग वानको शीर्ष स्थानमा

ई-खेलकुद २०७७ असोज १० , शनिबार ०८:०९ मा प्रकाशित

एजेन्सी । लिली फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ । पाँचौ चरणको खेलमा गएराती नान्टलाई २–० ले हराउदै लिलीले आफ्नो अपराजित यात्रालाई जारी राखेको हो । खेलको ४३ औ मिनेटमा उपहार गोल मद्दतमा अग्रता बनाएको लिलीका लागि ८७ औ मिनेटमा बुराक यील्माजले पेनाल्टिमार्फत अर्को गोल गरेका थिए । ५ खेलबाट ३ जित र २ बराबरीसंगै ११ अंक जोडेको उसले सेन्ट ईट्टीनेलाई १ अंकले पछि पारेको हो । यद्यपी ईट्टीनेले एक खेल कम खेलेको छ ।
लिग वान फुटबलमा आज २ खेल हुदैछन् । आज सेन्ट ईट्टीनेने रेनेससंग खेल्नेछ । अर्को खेलमा मार्सेलीले मेट्जसंग प्रतिस्पर्धा गर्नेछन् ।

फ्रेन्च लिग लिली
लोकप्रिय छुटाउनुभयो कि ?