Logo

लिभरपुल र म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा

ई-खेलकुद २०७७ असोज ९ , शुक्रबार ०६:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुल र म्यानचेष्टर सिटि काराबाओ कप फुटबलको चौथो चरणमा प्रबेश गरेका छन् । गएराती भएको तेस्रो चरणको खेलमा लिन्कन सिटीलाई ७–२ को फराकिलो अन्तरले हराउदै लिभरपुलले अघिल्लो चरणमा स्थान बनाएको हो । लिन्कनको मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन ताकुमी मिनामिनो र कुर्तिस जोनेसले समान २ तथा जर्दान साकिरी, मार्को ग्रुजिक र डिभोक ओरिजीले एक एक गोल गरे । लिन्कनका टायो ईडुन र लिविस मोन्तास्माले गोल फर्काए । पहिलो हाफमा ४–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल थप्दै २ गोल खाएको थियो ।
बर्नमाउथलाई २–१ ले हराउदै म्यानचेष्टर सिटीले पनि काराबाओ कप फुटबलको चौथो चरणमा स्थान बनाएको छ । उसको जितमा लियाम डेलाप र फिल फोडेनले गोल गरे । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा सिटीका लागि ७५ औ मिनेटमा फोडेनले गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्याएका हुन् । गएराती नै एष्टोन भिल्लाले ब्रिस्टोल सिटीलाई ३–० ले पराजित गर्दै अघिललो चरणको यात्रा तय गरेको छ ।

काराबाओ कप लिभरपुल
लोकप्रिय छुटाउनुभयो कि ?