Logo

राकिटिकले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

ई-खेलकुद २०७७ असोज ५ , सोमबार ०८:०९ मा प्रकाशित

एजेन्सी । क्रोएशियाका मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ बर्षिय राकिटिकले आज अन्तराष्ट्रिय फुटबलबाट औपचारिक रुपमा बिदा लिएका हुन् । क्रोएशिया फुटबल फेडेरसनले समेत माईक्रोब्लगीङ साईट ट्वीटरमार्फत राकिटिकले राष्ट्रिय टोलीबाट बिदा लिएको जनाएको छ । सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका राकिटिकले टोलीबाट १ सय ६ खेल खेलेका थिए । निककै उत्कृष्ट प्रर्दशन गर्दै आएका उनले टोलीका लागि १५ गोल समेत गरेका छन् । रसियामा सन् २०१८ मा भको विश्वकप फुटबलमा टोलीलाई फाईनलसम्म पुर्याउन उनले निक्कै ठुलो योगदान गरेका थिए ।
सन्यासको औपचारिक घोषणा गर्दै उनले भनेका छन– राष्ट्रिय टोलीबाट बिदा लिनु मेरो करिअरकै सबैभन्दा कठिन निर्णय हो । तर मैले उपयुक्त समयमा सहि निर्णय गरेको छु । उनले राष्ट्रिय जर्सीको पल बिर्सनै नसक्ने रहेको समेत उल्लेख गरेका छन् ।

इभान राकिटिक क्रोएशिया
लोकप्रिय छुटाउनुभयो कि ?