Logo

युवराज सिंहले सन्यास फिर्ता लिए

ई-खेलकुद २०७७ भदौ २५ , बिहीबार ०८:०९ मा प्रकाशित

एजेन्सी । किर्तिमानी भारतीय व्याट्सम्यान युवराज सिंहले सन्यास फिर्ता लिएका छन् । विश्वकप विजेता सिंहले पञ्जाव क्रिकेट संघको अनुरोध स्विकार्दै मैदान फर्कने निर्णय लिएका हुन् ।
३८ वर्षीय सिंहले २०१९ को जुनमा क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यास फिर्तासंगै उनले व्यवसायिक जिवन पुन सुरु गर्ने जनाएका छन् । उनले अब पञ्जावका लागि खेल्ने मनसाय बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्ञ्जाव क्रिकेट संघका सचिव पुनीत बालीले युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए । उनले यो बिचमा संघ अन्तर्गतको एकेडेमीमा युवा क्रिकेटरलाई प्रशिक्षण समेत दिएका थिए ।

युवराज सिंह सन्यास फिर्ता
लोकप्रिय छुटाउनुभयो कि ?