Logo

मुख्य प्रशिक्षकका लागि पुबुदुसहित तीन दर्जनको आवेदन

ई-खेलकुद २०७७ असोज ८ , बिहीबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ क्यानले खोलेको मुख्य प्रशिक्षकको बिज्ञापनमा ३ दर्जन बढिको आवेदन परेको छ । गएरातीसम्मको समयसीमाभित्र मुख्य प्रशिक्षकका लागि बिभिन्न मुलुकका ३ दर्जन प्रशिक्षकले आवेदन दिएका हुन् । आवेदन दिनेहरुमा पुर्ब प्रशिक्षक पुबुदु दशानायके पनि रहेका छन् । त्यस्तै बिभिन्न मुलुकमा प्रशिक्षण दिईसकेका अनुभवी लान्स क्रुज्नरले पनि आवेदन दिएका छन् । छिमेकी मुलुक भारत, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्डलगायतका मुलुकका प्रशिक्षकले पनि नेपाली टोलीको मुखय प्रशिक्षक बन्ने ईच्छासहित आवेदन भरेका छन् ।
क्यानले केहि दिनमै आवेदकको सुची तयार पारेर छनोट प्रक्रिया सुरु गर्ने जनाएको छ । आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारीसहितको टोलीले मुख्य प्रशिक्षकको छनोट गर्नेछन । त्यस्तै क्यानको जनरल म्यानेजरमा पनि दुई दर्जन बढिको आवेदन परेको छ । मुख्य प्रशिक्षकसहित माग गरेका सबै पदको पदपुर्ति एकै साथ गरिने तयारी क्यानले गरेको छ ।

क्यान मुख्य प्रशिक्षक
लोकप्रिय छुटाउनुभयो कि ?