Logo

प्रिमियर लिगमा आज बिभिन्न ४ खेल हुदै

ई-खेलकुद २०७७ असोज १० , शनिबार ०१:०९ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । आजको पहिलो खेलमा म्यानचेष्टर युनाईटेडले ब्राईटन एण्ड होभ एल्बियनसंग खेल्नेछ । यी दुई टोलीबिचको प्रतिस्पर्धा ब्राईटनको घरेलु मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्रिष्टल प्यालेससंग पराजित भएको युनाईटेड दोस्रँे खेलमा पहिलो जितको खोजीमा रहेको छ । तेस्रो खेल खेल्न लागेको ब्राईटन भने सिजनको दोस्रो जित निकाल्ने दाउमा छ ।
दिनको दोस्रो खेलमा राती पौने ८ बजे एभर्टन र क्रिष्टल प्यालेस आमने सामने हुनेछन् । सुरुवाती २ खेलमा जित निकाल्दै सिजनमा धमाकेदार सुरुवात गरेको एभर्टन क्रिष्टलको घरेलु मैदानमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । क्रिष्टल पनि घरेलु मैदानमा तेस्रो जितको खोजीमा छ ।
आजै राती सवा १० बजे चेल्सीले वेष्टब्रोमसंग खेल्नेछ । वेष्टब्रोमको मैदानमा हुने खेलमा चेल्सी दोस्रो र घरेलु टोली पहिलो जित निकाल्न संर्घषरत रहनेछन् । पहिलो खेलमा ब्राईटनलाई हराएको चेल्सी सिजनको दोस्रो खेलमा लिभरपुलसंग पराजित भएको थियो ।
दिनको अनितम खेलमा राती पौने ११ बजे बर्नली र साउथ हेम्प्टन प्रतिस्पर्धा गर्नेछन् । साउथहेम्प्टन तेस्रो र बर्नली दोस्रो खेलमा पहिलो जित निकाल्ने योजनामा हुनछन् । यो खेल बर्नलीको घरेलु मैदानमा हुनेछ ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड
लोकप्रिय छुटाउनुभयो कि ?