Logo

नेसन्स लिग फुटबल आज सुरु हुदै, पहिलो दिन १० खेल हुदै

ई-खेलकुद २०७७ भदौ १८ , बिहीबार ०८:०९ मा प्रकाशित

एजेन्सी । यूईएफए नेशन्स लिग फुटबल आजबाट सुरु हुँदैछन् । समूह चरण अन्तर्गत पहिलो दिन आज विभिन्न १० खेल हुँदैछन् । आज जर्मनी, स्पेन, वेल्स, स्वीट्जरल्याण्ड र रसिया प्रतिस्पर्धामा उत्रनेछन् । त्यस्तै लात्भिया, एण्डोरा, माल्टा, फारोई आईसल्याण्ड, बुल्गेरिया, आयारल्याण्ड, सर्बिया, स्लोभानिया, ग्रीस, टर्कि, हंगेरी, फिनल्याण्ड,माल्डोभा, कोसोभो र युक्रेनले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको पहिलो खेलमा नेपाली समयानुसार राती पौने १० बजे एण्डोरा र लात्भिया प्रतिस्पर्धामा उत्रनेछन् । बाँकि ९ खेल मध्यराती साढे १२ बजे सुरु हुनेछ । आज फारोई आईसल्याण्डले माल्टासंग, जर्मनीले स्पेनसंग, बुल्गेरियाले आयरल्याण्डसंग तथा रसियाले सर्बियासंग प्रतिस्पर्धा गर्नेछन् । अन्य खेलहरुमा स्लोभानिया र ग्रीस,टर्कि र हंगेरी, फिनल्याण्ड र वेल्स, काल्डोभा र कोसोभो तथा युक्रेन र स्विटजरल्याण्ड आमने सामने हुनेछन् ।

जर्मनी नेशन्स लिग
लोकप्रिय छुटाउनुभयो कि ?