Logo

जोकोभिच र हेलेपलाई ईटालियन ओपनको उपाधि

ई-खेलकुद २०७७ असोज ६ , मंगलबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईटालियन ओपन टेनिसको उपाधि विश्व नम्बर वान सर्बियन नोभाक जोकोभिचले जितेका छन् । अर्नेन्टिनाका डिएगो स्वार्जमेनलाई ७–५ र ६–३ ले हराउदै जोकोभिचले ३६ औ मास्टर्स उपाधि हात पारेका हुन् । बलले लाईन अम्पायरलाई लागेपछि युएस ओपनका लागि अयोग्य भएका जोकोभिचले त्यसपछिको पहिलो प्रतियोगीतामै उपाधि हात पारेका हुन् । यो उपाधिसंगै ३३ बर्षिय जोकोभिचले सर्बाधिक मास्टर्सको उपाधि जित्ने राफायल नाडालको किर्तिमान बराबरी गरेका छन् । अर्को साता सुरु हुने फ्रेन्च ओपनमा पनि उनी सहभागी हुनेछन् । जसमा उनी थप किर्तिमानको खोजीमा रहनेछन् ।
महिला एकलतर्फको उपाधि भने शीर्ष वरियताकी रोमानियन सिमोना हालेपले उचालेकी छिन् । फाईनलमा दोस्रो बरियताकी चेक रिपब्लिकन कारोलिना लिस्कोभालाई हराउदै हालेपले पहिलो पटक ईटालियन टेनिसको उपाधि हात पारेकी हुन् । दोस्रो सेटमा लिस्कोभा रिटायर्ड हार्ट भएपछि हेलेपलाई विजेता घोषणा गरिएको हो । उनले पहिलो सेट ६–० ले जितेकी थिईन । दोस्रो खेटमा पनि २–१ को अग्रता बनाएकी थिईन् ।

ईटालियन ओपन जोकोभिच
लोकप्रिय छुटाउनुभयो कि ?