Logo

क्यानको कार्यसमिती बैठक आज बस्दै

ई-खेलकुद २०७७ असोज ६ , मंगलबार ०८:०९ मा प्रकाशित

एजेन्सी । नेपाल क्रिकेट संघ क्यानका कार्यसमिती बैठक आज बस्दैछ । चितवनमा बिहान १० बजे बस्ने बैठकमा क्यानको भाबी रणनिती, साधारण सभाको मिती, खेलाडीहरुको नयाँ कन्ट्रयाक तथा प्रशिक्षण सुरु गर्ने लगायतका बिषयमा छलफल हुनेछ । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार नियमित बस्नुपर्ने बैठक कोरोना माहामारीका कारण केहि ढिला बस्न लागेको हो । बैठकमा सहभागी हुन क्याका कार्यसमिती सदस्यहरु गएराती नै चितवन पुगीसकेका छन् । कार्यसमिती बैठकले तत्काल प्रशिक्ष्ँणको वातावारणका लागि दबाव बढाउने बिषयमा पनि केहि निर्णय लिन सक्ने बताईएको छ । अध्यक्ष चन्दले भन्नुभयो– लामो समयदेखी रोकिएको प्रशिक्षण सुरु गर्ने बिषयपनि उठेका छन, आजको बैठकले त्यसको पनि निक्र्योल गर्नेछ ।
क्रिकेट संघमा नयाँ कार्यसमिती आएपछि साधारण सभा समेत हुन सकेको छैन् । यसै महिनाभित्र साधारणसभा गर्ने तयारी गरिएको छ । क्यानमा हाल ३९ जिल्ला आबद्ध रहेका छन् ।

कार्यसमिती क्यान
लोकप्रिय छुटाउनुभयो कि ?